Aamsanchar

स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको सभामुखको भनाइ

Author Image
शनिवार, फागुन १२, २०८०

काठमाडौँ – सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्। राजनीतिक दल र जनप्रतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उनले बताए।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिवार संसद भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरुले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रममा हुने भ्रष्टाचारालाई नियन्त्रण गर्न सकिने स्पष्ट पारे।

उनले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताए।

जनतामा चेतनाको अभाव हुँदा त्यस्ता घातक रोगहरु लाग्ने गरेको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरुले चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइन्।

क्यान्सर रोगबाट मुक्त भएका किशोरीमार्फत पाठेघरविरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्। सांसद प्रेम सुवालले क्यान्सर रोगबाट गरिब बढी मर्ने भएकाले उनीहरुका लागि विशेष सेवा, सुविधाको व्यवस्था गर्न सरकारसँग माग गरे।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर