Aamsanchar

कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा, उद्घाटन वरिष्ठ कलाकार नीर शाहले गर्ने

Author Image
आइतवार, फागुन १३, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका ३ स्थित सुरुंगामा  पहिलो पटक भोलिबाट आयोजना हुने तिन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

रोटरी क्लब अफ कनकाई  सुरुंगाको आयोजनामा भोलि सोमबार देखि १६ गते बुधबार सम्म चल्ने  महोत्सवको सबै तयारी पूरा भएको  आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिए ।
तीन दिवसीय महोत्सवको उद्घाटन वरिष्ठ अभिनेता तथा गीतका नीर  शाहले गर्ने पक्का भएको छ । कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष  कँडेलले जानकारी दिए ।

स्थानीय पशुपति अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना  हुने महोत्सव स्थल बेहुली झैँ सिँगारिएको छ । महोत्सव स्थलमा आउने आगन्तुक पाहुना हरूलाई स्वागतका लागि आयोजक संस्था रोटरी क्लबसहित स्थानीय निकाय देखी सबै संघरसंस्था यतिबेला पर्खाइमा छ्न्।

महोत्सवमा राष्ट्रियता झल्कने र संस्कृतिको प्रदर्शन गर्ने, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू समावेश हुने आयोजक संस्थाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए ।
महोत्सवमा स्थानीय विविध जातजतिहरूको भेषभूषा, संस्कृतिलाई एकीकृत गरी नागरिक एकताको सन्देश दिन जातीय पहिचानको संरक्षणमा महोत्सवले टेवा पुर्याउने  कनकाई वासी तथा आयोजक संस्थाको विश्वास रहेको  छ ।

महोत्सवको पहिलो दिन  भोलि बिहान ११ बजे सुरुंगा बजारमा प्रभातफेरी गरेर सुरु हुने महोत्सवमा तीन दिन सम्म  विभिन्न एक दर्जन भन्दा बढी कार्यक्रमहरू तय गरिएको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए । प्रभातफेरी पछि दैनिक रुपमा फरक फरक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।
महोत्सव अवधिभरमा साहित्य कोष्टी, ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी वर्गलाई लक्षित गरेर कविता लेखन प्रशिक्षण, हास्यव्यङ्ग्य सहित सांस्कृतिक कार्यक्रम समेत राखिएको बताइएको छ ।
कार्यक्रममा पुस्तक मेला, पुस्तक डोनेशन, स्टलहरुमा व्यवसायिक गतिविधि भने तिन दिननै सञ्चालन हुने जनाइएको छ ।

अन्य कार्यक्रमहरूमा शिक्षक स्वं साहित्य सर्जकहरूका लागि कविता लेख प्रशिक्षण, जिल्ला स्तरीय साहित्य गोष्ठी, १२ वर्ष उमेर समूहका ले भागलिन सक्ने गरि कविता वाचन, जातीय भेषभूषा प्रदर्शन र राष्ट्र स्तरको साहित्य गोष्ठीलगायतका कार्यक्रमहरू रहेको आयोजक समितिका संयोजक कोइरालाले बताए ।
साहित्य महोत्सवमा अग्रज साहित्यकारहरू तुलसी दिवस, अर्जुन पराजुली, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली,  प्राध्यापक डाक्टर देवी नेपाल, कवि मनु मञ्जिल, धिरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगी, हास्य कलाकार मनोज गजुरेल, गायिका रचना रिमाल लगायत सुपरिचित स्रष्टा कलाकारहरूको कार्यक्रममा उपस्थित रहने प्रचारप्रसार संयोजक रामप्रसाद निरौलाले जानकारी दिएका छन्  ।

स्थानीय तहको साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय स्तरका प्रतिभाहरूसँग जोडेर प्रचारप्रसार गर्ने र नयाँ पुस्तालाई कला, साहित्यसम्बन्धी बोध गराउँदै सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यका साथ सुरु गरिएको यस महोत्सवमा विभिन्न चरणका प्रशिक्षणात्मक कार्यक्रमहरू पनि हुने छन् ।
यी तीनवटै प्रशिक्षणमूलक कार्यक्रमको सहजीकरण सिर्जनात्मक लेखनका केन्द्रीय प्रशिक्षक कवि तथा समालोचनाद्वारा प्रा। डा। देवी नेपाल र प्रा। डा। रामप्रसाद ज्ञवालीले गर्ने भएका छन् ।
आयोजक संस्थाका पुर्व अध्यक्ष पोखरेलले महोत्सवमा जाने सहभागीहरूलाई   कुनैपनि प्रवेश शुल्क नलाग्ने पनि स्पष्ट  पार्दै भने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सामाजिक कार्यहरूमा अतुलनीय योगदान दिँदै आएको रोटरी क्लब जस्तो संस्थाले साहित्यिक तथा सांस्कृतिक महोत्सव नै आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर