![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/InShot_20240225_155349432.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
झापा – निर्वाचन आयोगले आउँदो वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको छ । आज बसेको आयोगको पदाधिकारी बैठकले सरकारसँगको परामर्शअनुसार आउँदो वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ । त्यहाँ उपचुनाव हुनेछ । नेम्वाङको गएको भदौ २६ गते निधन भएको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
यस्तै प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को ९क० मा पनि उपचुनाव हुनेछ । त्यस क्षेत्रमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गएको वर्ष गाडी दुर्घटनामा परेर निधन भएको हो ।
उपचुनावका लागि मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको र आउँदो बिहीवारदेखि रुजु सुरु हुने आयोगले जनाएको छ ।
कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो त्यही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपचुनावको मिति तोकिएको आयोगले जनाएको छ । उपचुनावमा सहभागिता, सहयोग र सहकार्यका लागि निर्वाचन आयोगले सम्बन्धित सबैसँग आग्रह गरेको छ ।