![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/InShot_20240226_110725757.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
सुनसरी – चार जिल्लामा २०० किलोमिटर पदयात्रा गर्दै कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की उदयपुर आइपुगेका छन् । यही फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविकमार्गमा ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरिएको थियो ।
यसक्रममा कार्कीले झापा, इलाम, मोरङ र सुनसरीका विभिन्न वनक्षेत्र तथा बस्तीमा अवस्थित हात्ती जैविकमार्ग हुँदै गरे । पदयात्रा टोलीका प्रतिनिधि सोमबार सुनसरीको कोसीटप्पु क्षेत्र हुँद उदयपुर पुगेका हुन् । टोली कोसी नदी तरेर भागलपुरतर्फ अघि बढेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
मुख्यमन्त्री कार्कीले आफू जनताका समस्या बुझ्न र समाधानका उपाय पहिल्याउन पदयात्रामा निस्किएको बताए । “म आफैँ जनताको समस्या बुझ्न घरदैलोमै आएको छु । हात्तीबाट भएको क्षति, जनताले पाएको दुःख र हात्ती पनि बचाउने अभियान हो,” उनले भने ।
प्रदेशको आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रका निम्ति विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ । उक्त पदयात्रा उदयपुरको बेलसोत पुगेर सकिनेछ ।