Aamsanchar

गजल गायक,संगीतकार एवं पद्मश्री विजेता पंकज उधासको निधन

Author Image
सोमवार, फागुन १४, २०८०

काठमाडौं । गजल गायक, संगीतकार एवं पद्मश्री विजेता पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । सोमबार बिहान ११ बजे मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उनको निधन भएको हो ।

उनलाई केही महिनाअघि क्यान्सर भएको पत्ता लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ । उनको अन्तिम संस्कार मंगलबार हुने छ ।

पंकज उधासकी छोरी नायब उधासले पनि आफ्ना पीताको निधनको खबर सामाजिक सञ्जालमा राखेकी छन् । सन् १९८० मा आफ्नो पहिलो गजल एल्बम ‘आहत’ निकालेका उनले ६० भन्दा बढी एकल एल्बम निकालेका छन् ।

उनी गजललाई गीत संगीतको मुख्यधारमा ल्याउने व्यक्तित्व मानिन्छन् । सन् १९८६ को नाम चलचित्रको ‘चिठ्ठी आई हैं’ र “आ गले लगजा’ जस्ता गीतले उनलाई नयाँ उचाइ दिएको थियो ।

एबीपीलाइभबाट ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर