Aamsanchar

राजेन्द्र महतो प्रहरीको नियन्त्रणमा

Author Image
बुधवार, फागुन १६, २०८०

काठमाठौं – लोकतान्त्रिक समाजवादी पार्टी लोसपा त्यागेर राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरेका नेता राजेन्द्र महतो पक्राउ परेका छन्। उनीसहितका नेता कार्यकर्ताहरू माइतीघर क्षेत्रको निषेधाज्ञा तोड्न अघि बढेपछि प्रहरीले महतोसहित विभिन्न प्रदर्शनकारीहरूलाई भद्रकालीबाट नियन्त्रणमा लिएको हो।

यस क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू खटाइएका छन्। भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत चलेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर