बिर्तामोड। अर्ना छैटौँ झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् ।
फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचारिक कार्यक्रममा महेश र अस्मिताले आफ्नो चर्चित गीत प्रस्तुत गर्ने छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
उनीहरुको युगल गीत लज्जावती झार, जून टिपी दिउँकी गीत चर्चित छन् । त्यस्तै, महेशका गीतहरु नाच फिरिरी, माया बिरानी तथा अस्मिताका काले केटाले, बाबरी रङ, टाढा भए पनि गीत लोकप्रिय छन् ।
दर्शकलाई फुटबलसँगै सांगीतिक मनोरञ्जन दिने उद्देश्यले आयोजकले कलाकारद्वयलाई रंगशालामा उतार्ने भएको हो ।
त्यस्तै, धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थीहरुले पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकको तालिका रहेको छ ।
झापा गोल्डकपको छैटौँ संस्करण पर्सि फागुन १९ गतेदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ एफसी र संकटा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ । फागुन २८ गते हुने फाइनल खेलको विजेताले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ ।