Aamsanchar

सदनमा उठेको जवाफ फागुन २१ को बैठकमा दिन सभामुखको रुलिङ

Author Image
शुक्रवार, फागुन १८, २०८०

काठमाडौं –सदनमा उठेको प्रश्नको जवाफ दिन सभामुखले सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकका क्रममा सभामुख देवराज घिमिरेले यसअघिको बैठकमा पनि ध्यानाकर्षण गराएको भन्दै रुलिङ गरेका हुन् । फागुन २१ गते बस्ने बैठकमा उपस्थित भइ उठेका प्रश्नको जवाफ दिन उनले सरकारलाई रुलिङ गरेका हुन् ।

बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलहरूले सरकारको खोजी गरेका थिए । नेकपा (एमाले) र राप्रपाले बालकुमारी घटना, दुग्ध किसानको विषय, मिटरब्याजपीडित तथा बैंक तथा वित्तीय संस्थाको ऋणीको समस्यामा सरकारको जवाफ मागेर सदन चल्न अवरोध गरेका थिए । त्यसपश्चात् सभामुख घिमिरेले रुलिङ गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर