![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/WhatsApp-Image-2024-02-28-at-08.13.16_efa0722b.jpg)
कनकाई । झापाको कनकाई नगरपालिकामा झापामै पहिलो पटक “ चरा अवलोकन गाइड“ पाँच दिवसीय तालिम सञ्चालन भइरहेको छ ।
कनकाई नगरपालिका कृषि शाखाको आयोजनामा फागुन १५ गते देखि सुरु भएको तालिम भोलि समापन हुनेछ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
कनकाई नगरपालिका क्षेत्रका चारवटा सामुदायिक वन हरु जामुनखाडी, प्रजापति, सुकेडागी र कनकाई सामुदायिक वन उपभोक्ताहरूलाई चरा संरक्षण, चरा पर्यटनबारे आधारभूत तालिम दिने काम भइरहेको तालिम विषय छनौटकर्ता प्रशान्त गिरीले जानकारी दिए । झापामा पहिलो पटक चरा अवलोकन गाइड तालिम आयोजना भएको गिरीको दावी छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/WhatsApp-Image-2024-02-28-at-08.13.02_13d9bb8f.jpg)
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
पर्यटकहरूलाई एक फरक अनुभव प्रदान गर्न र झापामा प्रकृतिमैत्री पर्यटन गतिविधिको विकास गर्न यस तालिम एक कोशेढुङगा सावित हुनसक्ने तालिम उद्घाटन समारोहका वक्ताहरूको भनाई थियो ।
तालिममा सामुदायिक वनका उपभोक्ता, चरा प्रेमीहरू गरेर ३० जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण चरा विज्ञ रमेश चौधरीले गर्दै आएका छन् ।
जामुनखाडी सामुदायिक वन समितिको सभाहलमा उद्घाटन भएको तालिममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।