![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240301_142046002.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ का ६ पालिकाका नागरिकसँग संवाद गर्न केन्द्रीय नेतालाई पठाउने भएको छ ।
उपनिर्वाचनको मिति तोकिएपछि चुनाव केन्द्रित छलफलका लागि ६ जना सांसदलाई पठाउन लागिएको रास्वपाले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
केन्द्रीय सदस्य एवम् सांसदहरु सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका जाने भएका छन् ।
रास्वपाका अनुसार ६ सांसदहरु शुक्रबार साँझ इलाम पुग्ने छन् । १९ फागुनमा पालिकाहरुमा हुने नागरिकसँगको संवादमा सहभागी हुने गरी कार्यक्रम तय गरिएको छ ।
स्थानीय मतदातासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रास्वपाले बनाएको छ । क्षेत्रगतको वस्तुगत अवस्था बुझ्न केन्द्रीय नेताहरु जान लागेको पार्टी महामन्त्री एवंम प्रवक्ता मुकुल ढकालले जानकारी गराए । ‘जनताका कुरा सुन्न जान्न लाग्नुभएको हो । आफ्ना धारणा नराखेर स्थानीयका कुरा सुनेर फर्कनुहुन्छ,’ ढकालले भने ।
इलाम-२ मा छ पालिकामध्ये चारवटाका सबै वडा पर्दछन् । इलाम नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडा यस निर्वाचन क्षेत्रमा पर्दछ । माइ नगरपालिकाका वडा नम्बर ६, ७ र ८ मात्रै यस निर्वाचन क्षेत्रमा पर्दछन् ।
क्षेत्रगत अवस्था बुझ्नका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाममा पठाइसकेको छ ।