Aamsanchar

कनकाईमा ‘चरा अवलोकन गाइड’ तालिम सम्पन्न, इको क्लब गठन

Author Image
शनिवार, फागुन १९, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा आयोजना भएको पाँच दिवसीय चरा अवलोकन गाइड तालिम समापन भएको छ ।
कनकाई नगरपालिका कृषि शाखाको आयोजनामा कनकाई स्थित जामुनखाडी सामुदायिक वन कार्यलयमा उद्घाटन भएर सुरु भएको तालिम नगरका विभिन्न सामुदायिक वन क्षेत्रहरूमा स्थलगत प्रशिक्षण गराउँदै आज (शनिवार) सुकेडाँगी सामुदायिक वनको कार्यालय भवनमा समापन भएको हो ।

कनकाई नगर क्षेत्रमा रहेका चारवटा सामुदायिक बनहरु प्राकृतिक पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको वन भएकाले उक्त बनहरुमा चरा पर्यटनको सम्भावनाको खोजी गर्ने उद्देश्यले सुरु भएको तालिम आज औपचारिक रुपमा समापन गरिएको तालिमका संयोजक प्रशान्त गिरीले जानकारी दिए ।

स्थानीय ३० जनाले सहभागिता जनाएको तालिमको सहजीकरण चरा विज्ञ रमेश चौधरी र चरा फोटो ग्राफर तथा फोटो पत्रकार देवेन्द्र खरेलले गरेका थिए ।

कनकाई २ नम्बर वडाका वडाध्यक्ष पर्ताव राईको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

समापन कार्यक्रममा कनकाइ बहुमुखी क्याम्पसका विद्यार्थीहरु रहेको इको क्लब गठन गरिएको छ ।

विद्यार्थी उत्तम लोहारको अध्यक्षतामा गठन गरिएको क्लवको कार्यसमितिमा उपाध्यक्ष देवी दाहाल, सचिव मनिश हिङनाम दर्जी, सहसचिव विनिशा अधिकारी, कोषाध्यक्ष रोनिका उप्रेती रहेका छन् । त्यसैगरी सदस्यमा मनु विष्ट, रूपा दाहाल, निशा लामा, दिव्या विश्वकर्मा, संयोग भण्डारी चयन भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर