Aamsanchar

प्रधानमन्त्री निवास बालुवाटार हिँडे एमाले अध्यक्ष ओली

Author Image
सोमवार, फागुन २१, २०८०

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार हिँडेका छन् । ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका हुन् । ओलीले सोमबार बिहान पार्टीको सचिवालय बैठक र जनमत पार्टीका अध्यक्ष सिके राउतसँगको भेटवार्ता गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि नयाँ समीकरणको खाका तय गर्न ओली बालुवाटार जान लागेको बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर