Aamsanchar

बिगतको गल्ती स्विकार्दै बामपन्थी एकताको अध्याय सुरू भयोः प्रचण्ड

Author Image
सोमवार, फागुन २१, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिगतमा बामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ति भएको स्विकार गरेको छ ।

नयाँ राजनीतिक परिस्थितिमा बसेको माओवादी पदाधिकारी बैठकलेले बिगतमा बामपन्थी एकता भंग गर्नु गलत भएको स्विकार गर्दै नयाँ एकताका लागि पहल गरेको हो ।

‘आजै एकताको कुरा त होइन तर फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ बैठक पछि माओवादी नेता देवेन्द्र पौडेलले भने ।

उनका अनुसार नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णयमा पुग्ने जनाएको माओवादीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसलाइ पनि तत्कालका लागि गठबन्धनमा समेटेर लैजाने भन्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर