Aamsanchar

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ‘प्रचण्ड’ राष्ट्रपति भवन शीतल निवासमा

Author Image
सोमवार, फागुन २१, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन पुग्नुभएको हो ।

सत्ता गठबन्धनसँगको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसे लगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुभएको हो ।

यसअघि प्रधानमन्त्रीले नेपाल सरकारका कामहरूबारेमा जानकारी दिन राष्ट्रपतिलाई भेट्ने गर्नु हुन्थ्यो भने यस भेटलाई भने राजनीतिक उतार चढावसँग जोडेर हेरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर