Aamsanchar

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ

Author Image
सोमवार, फागुन २१, २०८०

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संघीय संसद भवनको लहोत्से हलमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालसमक्ष उनीहरुलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसद कार्यकाल सकिएर बिदा भएका थिए । रिक्त २० जनाको पदमध्ये १९ जनाले शपथ लिएका हुन् । उनीहरु गत ११ माघमा निर्वाचित भएका थिए ।

रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहराले शपथ लिएका हुन् ।

एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् । फोटो श्रोत : सेतोपाटी

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर