Aamsanchar

प्रतिनिधि सभाको आजको बैठक स्थगित

Author Image
सोमवार, फागुन २१, २०८०

काठमाण्डौ – प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले निकाल्नुभएको सूचनामा विशेष कारणवस आज ११ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको उल्लेख छ ।

नयाँ सत्ता समीकरणको चर्चाले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । अर्को बैठक यही फागुन २४ गते बिहीवार बिहान ११ बजे बस्ने तय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर