Aamsanchar

धेरैबर्ष पछि नेपाल निवास पुगे ओली

Author Image
मङ्गलवार, फागुन २२, २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धेरै बर्ष पछि माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन ।

नेकपा बिभाजन भए पछि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाइ आग्रह गरेका छन ।

साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल पनि नेपाल निवासमा पुगेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर