Aamsanchar

आन्दोलनका लागि परिस्थिति झनै अनुकूल बन्दै गयाे : लिङ्देन

Author Image
बुधवार, फागुन २३, २०८०

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकूल बन्दै गएको बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन भन्दा झन आफूहरुको लागि अनुकूल बन्दै आएको बताए।

उनले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको बताए। उनले अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए। उनले राप्रपाको व्यवस्था परिवर्तन मूल मुद्दा रहेको बताए।

उनले भने, ‘हामीले आन्दोलनको शुरुवात गर्‍यौँ, त्यस बेलादेखि यहाँ आइपुग्दासम्म परिस्थिति झन भन्दा झन हाम्रो लागि अनुकूल बन्दै आएको छ। आन्दोलनका लागि ठिक वातावरण बनेको छ। हामीले भनेका थियौँ कि, अहिले नेतृत्व मात्रै होइन, व्यवस्था नै असफल भइसक्यो मान्छे फेरेर मात्रामा फरक पर्ला, अलि राम्रो मान्छे भयो भने अलि राम्रो होला। त्यो अहिले देखिएको छ। यो व्यवस्था रहेसम्म देशमा जे भइरहेको छ, त्यस्तो भइरहन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछ भन्ने जनतालाई लागेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएका छन्।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्ने कुरा जनतालाई लागेको बताए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्म निरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर