Aamsanchar

कानुनले बाटो देखाउने हो, डर होइन : मुख्यमन्त्री कार्की

Author Image
बिहिवार, फागुन २४, २०८०

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले सर्वधारणलाई डर, त्रास देखाउनु भन्दा पनि सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

‘कानुनीे अपरिवर्तनीय होइन, समय आवश्यक्ता अनुसार परिवर्तन हुन्छ, उनले भने, कानुन शासनभन्दा सहजीकरणका लागि हुनुपर्छ ।’ प्रदेशमा अहिलेसम्ममा छ जना मुख्य न्यायाधिवक्ता उत्पादन भइसक्यो तर आफू पदमा हुँदा त्यही कानुन ठीक र पदबाट हटेपछि त्यही कानुन गलत भएको भन्दै अदालतमा वहस गरेपछि कसरी संघीयता कार्यान्वयन हुन्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरे ।

उनले आफू सरकारमा रहुञ्जेल संविधानको अक्षरसः पालना गर्ने प्रतिवद्धता जनाए । सहिदको रगतले लेखिएको संविधान विपरित सरकारको कुनैपनि काम नगर्ने उनले सुनाए । उनले अहिलेको सरकारले सुशासन र जनताको सेवामा कुनै सम्झौता नगर्ने प्रतिवद्धा जनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर