Aamsanchar

आज माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउने

Author Image
आइतवार, फागुन २७, २०८०

काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार आज टुंगो लगाउने भएको छ।

आज साँझ ५ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने सचिव देवेन्द्र पौडेलले जानकारी दिए। नयाँ सत्ता समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको छ। राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल हो।

अध्यक्षको उम्मेदवारमा माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल तथा सदस्यहरु झक्कुप्रसाद सुवेदी र नारायण दाहालको दावी छ। महिला भएको र हाल उपाध्यक्ष रहेका कारण अर्याललाई अध्यक्ष बनाउनुपर्ने पार्टीमा धेरै नेताको जोड रहेको सचिव गणेश साहले बताए।

यस्तै सुवेदीको ६ वर्षे कार्यकाल रहने भएकोले बलियो दावेदार रुपमा रहेको साहले जानकारी दिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भाई भएकोे कारण नारायाण दहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने चर्चा रहे पनि पदाधिकारीले छलफल गरेर टुंग्याउने साहको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर