Aamsanchar

नेपाल र हङकङबीचको खेल रद्द, दुवै टोलीले १–१ अङ्क बाँडे

Author Image
आइतवार, फागुन २७, २०८०

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल र हङकङले अङ्क बाँडेका छन् । वर्षाका कारण खेल रद्द भएपछि दुवै टोलीले १–१ अङ्क बाँडेका हुन् ।

घरेलु मैदान मोङ कोकमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि थप खेल हुन सकेन । हङकङका यान्शे रथले नट आउट ३६ रन बनाए । नेपालका करण केसी र गुल्सन झाले समान १ विकेट लिए ।

शृङ्खलामा नेपाल, हङकङ र पपुवा न्यूगिनी ९पीएनजी० रहेका छन् । प्रतियोगितामा पर्सि मङ्गलवार पीएनजीले नेपाल र हङकङ दुवै टोलीसँग खेल्नेछ । बुधवार फाइनल खेल हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।

क्यानले यसअघि नै युवा खेलाडी समेटेर टी–२० खेल्ने टोलीको घोषणा गरेको थियो । नेपाल रोहित पौडेलको कप्तानीमा हङकङ भ्रमणमा छ । प्रशिक्षक मोन्टी देसाईले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर