Aamsanchar

भारतलाई हराउदै बंगलादेशले जित्यो साफ यू–१६ महिला फुटबलको उपाधि

Author Image
आइतवार, फागुन २७, २०८०

काठमाडौं । बंगलादेशले साफ यू–१६ महिला फुटबलको उपाधि जितेको छ ।

ललितपुरको च्यासलस्थित मैदानमा सम्पन्न फाइनल खेलमा बंगालदेशले भारतलाई पेनाल्टी सुटआउटमामा ३–२ गोलले पराजित गरेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा भारत र बंगलादेशले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यस प्रतियोगितामा बंगलादेश र भारतका अलावा नेपाल र भुटान गरी चार देशले भाग लिएका थिए । नेपाल र भुटान भने समुह चरणबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर