Aamsanchar

छैटौँ झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र एपीएफ भिड्ने

Author Image
सोमवार, फागुन २८, २०८०

झापा – छैटौँ झापा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाइज क्लब काठमाण्डौ र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे डोमालाल रंगशालामा हुनेछ।

अस्ति शनिवार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनलमा एपीएफले विभागीय क्लव त्रिभुवन आर्मी क्लबलाई १—० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर