Aamsanchar

मैत्रीपूर्ण र विश्वकप छनौट खेल्ने नेपाली फुटबल टिमको घोषणा

Author Image
मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल तथा बहराइनविरुद्धको फिफा विश्वकप एशिया छनौटको खेलका लागि टिमको घोषणा गरेको छ ।

नेपालले मार्च १५ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ भने विश्वकप छनौटको दोस्रो राउण्डमा बहराइनसँग मार्च २१ र २६ मा खेल्दै छ । बहराइनसँग नेपालमा हुने होम खेल दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त नभएपछि बहराइनमा नै हुने भएको छ ।

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो अन्नेसेले २३ सदस्यीय अन्तिम टिमको घोषणा गरेका छन् ।

नेपाली टिमः

गोलकिपर– किरण कुमार लिम्बु, अभिषेक रिजाल र बिशाल सुनवार ।
डिफेन्डर– अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरीङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, समित श्रेष्ठ ।
मिडफिल्डर– भरत खवास, बिशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोशन कार्की र उत्सब राई ।
फरवार्ड– अन्जन बिष्ट, दिनेश हेन्जन, हित्सुब थपलिया, समिर तामाङ, संजीव विष्ट र जिलेस्पी जंग कार्की ।

एशिया विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले हार बेहोरेको थियो । श्रोत:न्युज कारखाना

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर