Aamsanchar

त्रिपक्षीय टी–२० शृङ्खला : नेपाललाई उपाधि जित्न पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

Author Image
बुधवार, फागुन ३०, २०८०

काठमाडौं – त्रिपक्षीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले १७२ रनको लक्ष्य पाएको छ।

हङकङमा जारी नेपाल, हङकङ र पपुवा न्यू गिनी ९पीएनजी० बीचको खेलमा उपाधि भिडन्तमा पीएनजीले ८ विकेट गुमाएर १७१ रन बनाएको थियो।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीनरतीन, करण केसी र गुल्शन झाले एकरएक विकेट लिए ।

नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो।

मंगलबार दिउँसोको खेलमा हङकङलाई १० विकेटले हराउँदै पीएनजी पनि फाइनलमा पुगेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर