Aamsanchar

नेपाल फाइनलमा पिएन्जीसँग ८६ रनले पराजित

Author Image
बुधवार, फागुन ३०, २०८०

काठमाडौं – त्रिपक्षीय टी–२० शृङ्खलाको फाइनलमा नेपालको खराब ब्याटिङ हुँदा उपाधिविहिन बनेको छ।

१७२ रनको लक्ष्य पछ्याउने क्रममा सबै विकेट गुमाएर ८५ रन बनायो। नेपाल ८६ रनले पराजित भएको छ।

हङकङमा जारी नेपाल, हङकङ र पपुवा न्यू गिनी (पीएनजी) बीचको खेलमा उपाधि भिडन्तमा पीएनजीले ८ विकेट गुमाएर १७१ रन बनाएको थियो।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीनरतीन, करण केसी र गुल्शन झाले एकरएक विकेट लिए ।

नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो।

मंगलबार दिउँसोको खेलमा हङकङलाई १० विकेटले हराउँदै पीएनजी पनि फाइनलमा पुगेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर