Aamsanchar

आईपीएलका सबै खेल भारतमै हुने

Author Image
आइतवार, चैत ४, २०८०

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल)का सबै खेल भारतमै हुने बताएको छ ।

भारतमा आमचुनावका कारण विभिन्न रिपोर्टहरूले आईपीएल संयुक्त अरब इमिरेट्स (यूएई)मा जाने सम्भावित सुझाव दिएपछि बीसीसीआईको यस्तो स्पष्टीकरण आएको हो । बीसीसीआईका सचिव जय शाहले आईपीएलका सबै खेल भारतमै हुने बताएका क्रिकेटसम्बन्धी जानकारी दिने साइट क्रिकबजले जनाएको छ ।

भारतमा आमचुनावका कारण बीसीसीआईले अहिलेसम्म २१ वटा खेलको मात्र तालिका सार्वजनिक गरेको छ । भारतमा आउँदो अप्रिल १९ देखि जुन ४ सम्ममा सात वटा चरणमा गरी आमचुनाव हुँदैछ । आमचुनावको मिति घोषण भएसँगै बीसीसीआईले छिट्टै बाँकी खेलको तालिका सार्वजनिक गर्न सक्ने खबरमा उल्लेख छ ।

१७ औँ संस्करणको आईपीएल आउँदो शुक्रवारदेखि शुरु हुँदैछ । पहिलो खेलमा गएको संस्करणको विजेता चेन्नई सुपर किङ्ग्स र रोलय च्यालेन्जर्स बेङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर