![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240318_092837687.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौं – चैतको अन्तिम साता काठमाडौंमा हुने तय भएको जनप्रदर्शनलाई प्रभावकारी बनाउने उद्देश्यले राप्रपाका नेता चार दिने तराई यात्रामा निस्किने भएका छन्।
सोमबारदेखि बिहीबारसम्मतराई–मधेशका आठ जिल्लामा आमसभा र कार्यकर्ता भेला आयोजना गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हुने तराई-मधेशस्तरीय अभियानमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा। धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्ष रहनेछन् ।
चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेश प्रदेश यात्रा आरम्भ गर्ने राप्रपाका नेताहरू सोमबार धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन्।
राप्रपाले ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र वीरगञ्जमा आमसभा गर्नेछ। साँझ उद्योग वाणिज्य संघको सभाकक्षमा उद्योगी–व्यवसायीसँग छलफल र अन्तरक्रिया राखिएको छ। चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेला तय भएको छ।
यसैगरी चैत ८ गते सिराहाको लाहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोदेबर्साइन नगरपालिकामा आमसभा गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
सरकारसमक्ष ४० बुँदे माग अघि सार्दै आन्दोलन थालेको राप्रपाले यही चैत २७ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्दैछ।