Aamsanchar

चैत्र ७ गते बिर्तामोडमा मह जोडीलाई ‘पूर्ण–टुंग आदर्श नागरिक’ सम्मान प्रदान गरिने 

Author Image
सोमवार, चैत ५, २०८०

बिर्तामोड । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले यो वर्ष राष्ट्रिय स्तरीय सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानले आज (सोमबार) आयोजना गरेको पत्रकार सम्मेलनमा मह जोडीको उपमाले परिचित अग्रज कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई संयुक्त रुपमा सम्मान गर्न लागिएको जानकारी दिएको छ ।
प्रतिष्ठानले यो वर्ष पूर्ण–टुंग स्मृति प्रतिष्ठानको सहयोगमा महजोडीलाई ‘पूर्ण–टुंग आदर्श नागरिक सम्मान २०८०’ समर्पण गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए ।

सम्मानित आदर्श नागरिकलाई नगद एक लाख ११ हजार १११ रुपैयाँसमेत प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए ।  कार्यक्रम  चैत ७ गते बिर्तामोड – १ स्थित गृनफिल्ड स्कुलमा हुनेछ ।

२०५५ सालमा स्थापना भएको प्रतिष्ठानले संयोजन गरेर एक सयभन्दा बढी विद्यार्थीलाई स्तरीय र निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । प्रतिष्ठानले हालै इलाममा विभिन्न विधाका प्रतिभाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिसकेको जनाएको छ ।

जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान मार्फत देशकै प्रतिष्ठित कलाकारहरूलाई सम्मान गर्न पाउने हुदा अत्यन्तै खुसी लागेको पूर्ण–टुंग स्मृति प्रतिष्ठानका संरक्षक हरु गोपालकुमार बस्नेत, श्याम बस्नेत र जितेन्द्र बस्नेतले बताए ।

पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले गरेको थिए ।  सम्मान कार्यक्रमको दिन भारतका प्रसिद्ध साहित्यकार सिके श्रेष्ठको प्रमुख आतिथ्य रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर