![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240320_110856483.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डौ – हङकङमा लिओनल मेस्सीको खेल हेर्न टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता गरिने भएको छ । गएको फेब्रुअरी ४ मा इन्टर मियामी टुर अन्तर्गत हङकङ–११ सँग खेल्न अर्जेन्टिनी खेलाडी मेस्सी हङकङ पुगेका थिए ।
हङकङ–११ टोलीसँग मेस्सीको मियामीले खेल्ने भएपछि समर्थकले एक सय १० अमेरिकी डलर तिरेर टिकट काटेका थिए । विश्व फुटबलका स्टार मेस्सी आउने भएपछि खेल हेर्न ४० हजार टिकट बिक्रीमा राखिएको थियो । टिकट एक घण्टामै बिक्री भएको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
मेस्सीले खेलमा भाग नलिएमा कुनै रकम फिर्ता हुने छैन भनी टिकट खरिद गर्दा उल्लेख पनि गरिएको थियो । तर, मेस्सी यो खेलमा चोटका कारण नखेलेपछि समर्थकले असन्तुष्टी र विरोध जनाएका थिए । आयोजक ट्याटलर एशियाले खेलका लागि आधिकारिक च्यानलमार्फत् टिकट खरिद गर्नेलाई सर्शत ५० प्रतिशत रकम फिर्ता गर्ने जनाएको छ ।
रकम फिर्ता लिनेहरूले कुनै पनि अदालत, न्यायाधिकरण या नियामक प्राधिकरणमा उजुरी गर्न नपाउने आयोजकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।