Aamsanchar

रास्वपाले इलाम–२ को उप निर्वाचनमा प्राइमरी इलेक्सन गर्ने

Author Image
बिहिवार, चैत ८, २०८०

इलाम-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उप निर्वाचनमा उम्मेदवार छान्नका लागि प्राइमरी इलेक्सन गर्ने भएको छ । रास्वपाले विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

जसअन्तर्गत चैत १४ गतेसम्म उम्मेद्वारका आकांक्षीले आवेदन दिन सक्नेछन् । ⁠प्रारम्भिक उम्मेदवारको नामावली चैत १४ गते प्रकाशन गरिने रास्वपाले जनाएको छ । चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय निर्धारण गरिएको छ ।

१५ गते साँझ ५ बजे सम्म उम्मेदवारसँग छलफल गरिने र त्यही दिन राति ८ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरीने रास्वपाले जनाएको छ । चैत १६ गते मतदानको कार्यतालिका रहेको रास्वपाले विज्ञप्ति मार्फत् जनाएको छ । प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यले मतदान गर्नेछन्। उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत् हुने रास्वपाका सह महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। अहिले सम्म कुनैदले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर