![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240322_135020537.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
ताप्लेजुङ-ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार बुधबार र बिहीबार राति पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएको छ । निरन्तरको वर्षासँगै दुई दिन लगातार हिमपात भएपछि तीनहजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिर परिसरसहितका क्षेत्रमा बाक्लो हिउँ थुप्रेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
पाथीभरा मन्दिर परिसर र माथिल्लो फेदीसम्म नै हिउँ परेको समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । वर्षा र हिमपातका कारण दुई दिन अर्थात् बुधबार र बिहीबार पाथीभरा दर्शनमा आउने तीर्थयात्रीहरु प्रभावित भएका थिए ।
शुक्रबार भने बिहानैदेखि मौसम खुलेकाले पाथीभराको दर्शन गर्ने तीर्थयात्री तथा हिउँमा रमाउनेहरुको आउजाउ सुरु भएको समितिले जनाएको छ । मौसम खुलेपछि पाथीभरा क्षेत्र र यहाँबाट दृश्यावलोकन गर्न सकिने कञ्चजनजङ्घासहित सेताम्मे हिमालको मनमोहक दृश्यले तीर्थयात्री र अन्य पर्यटकलाई लोभ्याने गरेको छ ।