Aamsanchar

एमालेले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उमेदवार बनाउने

Author Image
आइतवार, चैत ११, २०८०

काठमाडौं – नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकबाट नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सुहाङ दिवंगत नेता, संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन् ।

यस्तै, बझाङ क्षेत्र नम्बर–१ ‘क’मा दमनबहादुर भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए । भण्डारी एमाले बझाङ जिल्ला अध्यक्ष हुन् ।

उमेदवारका पक्षमा समर्थन गर्न अपिल गर्ने निर्णय पनि गरिएको ज्ञवालीले बताए ।

आउँदो वैशाख १५ गते ती क्षेत्रमा उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)