Aamsanchar

विराट गोल्डकपकाे उद्घाटन खेलमा आरटीएफसीद्वारा पुलिस पराजित

Author Image
शुक्रवार, चैत १६, २०८०

मोरङ – विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार साँझ भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ।

आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको हो। भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गरेर आफूलाई अग्रता दिलाएको थियो।त्यसपछि पनि अर्को गोल थपेर विभागीय टोलीलाई पाखा लगायो। खेल शुरु भएको ३६औँ मिनेटमा किन्ले ग्यालसेन, ४०औँ मिनेटमा सिद्धार्थ गुरुङ र ६३ औँ मिनेटमा किन्जाङ तेन्जिङले गोल गरे। खेलाडी तेन्जिङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ११ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाइज, विभागीय टोली त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यूरोड कर्नर टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ भिड्ने छन्। यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको आरटीसी फुटबल क्लब उपाधिका निम्ति प्रतिस्पर्धा गर्न विराटनगर आएका छन्।

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आज त्रिभुवन आर्मी क्लब र (एनआरटी) बीच हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर