Aamsanchar

कांग्रेसको संसद अबरोध कायमै

Author Image
आइतवार, चैत १८, २०८०

प्रतिकात्मक फायल तस्वीर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ ।

सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए ।

उनीहरूले सहकारी ठगीको सबन्धमा उपप्रधान तथा गृह मन्त्री माथी संसदीय छानविन समितिको माग गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर