Aamsanchar

उपनिर्वाचन : इलाम २ मा माओवादी केन्द्रबाट धीरेन्द्र शर्मा तिम्सिना उम्मेदवार

Author Image
सोमवार, चैत १९, २०८०

इलाम – सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं। २ मा धीरेन्द्र शर्मा तिम्सिना उम्मेदवार सिफारिश भएका छन् ।

माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो । उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताए ।

२०७४ सालको चुनावमा उनी क्षेत्र नं.२ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन् ।

इलाम–२ मा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु उम्मेदवार छन् ।

इलाम–२ मा १५ वैशाखमा उपचुनाव हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर