Aamsanchar

लगातार ८ सिक्वेल फिल्ममा काम गर्दै अजय देवगन

Author Image
बिहिवार, चैत २२, २०८०

काठमाडौँ । अजय देवगनका फिल्म दे दे प्यार दे र सन अफ सरदार निकै हिट भएका थिए, अब यी दुई फिल्मको सिक्वेलको तयारी चाँडै सुरु हुँदैछ । रिपोर्टका अनुसार अजयले जुनबाट लन्डनमा दुबै फिल्मको छायांकन सुरु गर्नेछन् ।

रिपोर्ट अनुसार अजय देवगनले जुनदेखि लन्डनमा दे दे प्यार दे– २ र सन अफ सरदार– २ को सुटिङ सुरु गर्नेछन् । अहिले अजय सिंघम अगेन र रेड– २ को सुटिङमा व्यस्त छन् । यी दुवै चलचित्र मेमा पूरा हुनेछन् । यी दुवै फिल्म यसै वर्ष रिलिज हुँदैछन् । उनीहरुको सुटिङपछि अजय जुनमा लण्डनमा पहिले दे दे प्यार दे– २ र त्यसपछि सन अफ सरदार– २ को सुटिङ गर्नेछन् ।

दे दे प्यार दे– २ को पहिलो शेड्युल १५ दिनको लागि राखिएको छ, जसलाई अंशुल शर्माले निर्देशन गर्दैछन् । पहिलो शेड्युलपछि अजयले सिधै सन् २०१२ को फिल्म सन अफ सरदारको सिक्वेलमा काम सुरु गर्नेछन् । रिपोर्टका अनुसार पञ्जाबी फिल्म उद्योगका एक प्रसिद्ध निर्देशकलाई फिल्म सन अफ सरदार– २ को लागि ल्याइएको छ ।

अजय देवगन अजय देवगनसँग एक–दुई होइन ८ वटा सिक्वेल फिल्म छन् । आगामी दिनमा उनी रेड– २, दे दे प्यार दे– २, सन अफ सरदार– २, गोलमाल– ५, सिंघम अगेन, धमाल– ४, दृश्यम– ३ र शैतान– २ मा देखिनेछन् ।

अजय देवगनको पछिल्लो फिल्म फिल्म शैतान मार्च ८ मा रिलिज भएको थियो । विकास बहलले निर्देशन गरेको यो अलौकिक हरर फिल्मले अहिलेसम्म बक्स अफिसमा २०० करोडको कलेक्सन गरेको छ । फिल्ममा अजय देवगनसँग आर. माधवन र ज्योतिका मुख्य भूमिकामा छन् । अजयले छिट्टै यो फिल्मको सिक्वेलमा काम गर्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर