Aamsanchar

मन्त्रिपरिषद्को बैठक सकियो, के के निर्णय गर्यो ?

Author Image
बिहिवार, चैत २२, २०८०

काठमाडौँ । सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने तोक्ने सहितका निर्णयहरु गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा सो निर्णय गरिएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकरी दिएकी हुन् ।

त्यसैगरी सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहाका वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताइन् ।

यस्तै सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर