Aamsanchar

खेलकुद सम्बन्धी तिन संस्था बिच त्रिपक्षीय सम्झौता

Author Image
शुक्रवार, चैत २३, २०८०

सुनसरी । नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बेसबल एण्ड सफ्टबल  संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।

विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बेसबल एण्ड सफ्टबल  संघका अध्यक्ष दीपक न्यौपाने र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बेसबल एण्ड सफ्टबलमा उमेरसमूहको प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि बास्केटबलको विकास र प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गर्ने गरी सम्झौता भएको जनाइएको छ । 

यसअघि नेपाल रग्बी संघ ,नेपाल ब्याडमिन्टन संघ, नेपाल बास्केटबल संघ सँग पनि यस्तै प्रकारको सम्झौता भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर