Aamsanchar

भेटियो सबैभन्दा ठुलो सुनको डल्लो तर भएन बिक्री

Author Image
शनिवार, चैत २४, २०८०

लन्डन । बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ ।

इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डला लिलामीको लागि ल्याइएको छ । तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन ।

रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य सो धातुको डल्ला भेटाएका थिए । पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुनको भएको पत्ता लागेको थियो ।

सो सुनको मूल्य ३० हजार देखी ४० हजार बेलायती पाउन्ड बिचमा तोकिएको छ ।

तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन, यद्यपि रिचर्ड ब्रोक अझै पनि सो बहुमुल्य धातुको डल्लो बेचिने आशामा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर