Aamsanchar

नेपालको दोस्रो ठुलो सरकारी एनएमसीले सार्वजनिक गर्यो तेस्रो रणनीतिक व्यवसायिक योजना 

Author Image
आइतवार, चैत २५, २०८०

बिर्तामोड । हालै नेपालकै दोस्रो ठुलो सहकारी बन्न सफल भएको झापा मेचीनगर स्थित मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्य सहकारी संस्थाले तेस्रो रणनीतिक व्यवसायिक योजना सार्वजनिक गरेको छ ।
२०८० देखि २०८४ सम्म लक्ष पुरा गर्ने उद्देश्यले विभिन्न योजनाहरू आज (आइतबार) सार्वजनिक गरिएको हो ।

संस्थाको आफ्नै नामबाट ब्रान्डिङ गरी तोरीको तेल उत्पादन र बिक्री गर्ने, सिटिसी चिया प्याकेजिङ उद्योगलाई थप व्यवसायिक बनाई विस्तार गर्ने, चियाकै क्षेत्र अन्तरगत इलामेली चिया उत्पादक सहकारी संस्थाबाट एकीकरणका क्रममा प्राप्त जग्गामा पार्टी प्यालेस तथा गेस्ट हाउस निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी कार्य अगाडि बढाउने, एनएमसी एग्रो फार्म अन्तरगत सञ्चालित गाई फार्मलाई उच्च नश्लमा आधारित बाछी उत्पादन केन्द्रका रुपमा विकास गर्ने, कम लगानी र न्यनतम सञ्चालन खर्चमा सञ्चालन गर्नेगरी सहकारी पसल विस्तार योजना कार्यन्वयन गर्ने ।

त्यसैगरी व्यवसाय विस्तारको सम्भावना कम भएमा बचत तथा ऋण सहकारी व्यवसायका सेवा केन्द्रहरूलाई आवश्यक अनुसार एक आपसमा गाभिने, सम्भाव्यता अध्ययनको आधारमा सहकारी संस्थाहरूको एकीकरणलाई निरन्तरता दिने, योजना अवधि अन्तरगत हाल प्रस्तावमा नरहेका तर सम्भाव्यताका आधारमा अन्य कुनै व्यवसाय विस्तार गर्नुपर्ने भएमा सोलाई समेत प्राथमिकतामा राखिने लगायतका योजनाहरू आगामी चार वर्षको लागि एनएमसीले अघि सारेको संस्थाका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

संस्थाले सुरुका वर्षमा बजेट तथा कार्यक्रम मात्र तर्जुमा गरी कार्यान्वयन गर्दे आएकोमा पछिल्लो चरणमा वार्षिक बजेट तथा कार्यक्रममा अतिरिक्त मध्यकालिक रणनीतिक व्यवसायिक योजना बनाई सोही आधारमा संस्था सञ्चालन हुँदै आएको अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले आमसंचारलाई बताए ।

विगत केही समयदेखि सरकारीप्रति समाजमा धुमिलिएको वातावरण, सहकारीमा लागेका आरोप, सहकारी प्रति बन्ने कतिपय नकारात्मक धारणा जस्तो परिवेशका बिच आगामी चार वर्षे रणनीतिक व्यवसायिक योजना मार्फत संस्थाले हालको ख्यातिलाई अझ उँचो पार्दै सहकारी क्षेत्रको आदर्श र भरोसायोग्य संस्थाको रुपमा सदस्य, समुदाय र राज्यको समेत मन जित्ने गरी दिगो सहकारी संस्था स्थापित गर्न सकेको संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।

तेस्रो रणनीतिक योजना अवधिमा विभिन्न क्षेत्रमा संस्थाले गरेको प्रक्षेपणका केही अंशहरू :

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर