![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/04/InShot_20240408_104341834.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
इण्डियन प्रिमियर लिग (आईपीएल)सोमबार चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ। खेल एमए चिदम्बरम स्टेडियम, चेन्नईमा बेलुकी पौने ८ बजे शुरु हुनेछ।
सिजनमा चेन्नईको यो पाँचौँ खेल हो। उसले चारमध्ये दुई खेल जितेको छ। कोलकाताको यो चौथो खेल हो। उसले यो सिजन अहिलेसम्म एक खेल पनि हारेको छैन।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
आईपीएलमा हालसम्म यी दुई टोलीले २९ खेल खेलेका छन्। चेन्नईले १८ र कोलकाताले १० खेलमा जित हात पारेका छन्। एक खेल अनिर्णित रह्यो। कोलकाताले सन् २०१२ मा फाइनलमा चेन्नईलाई हराएर पहिलो उपाधि जितेको थियो।
चेन्नईले जितसँगै सिजनको सुरुवात गरेको थियो। टोलीले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र दोस्रो खेलमा गुजरात टाइटन्सलाई पराजित गरेको थियो। त्यसपछि लगातार दुई हार बेहोरेको छ। चेन्नई दिल्ली र हैदरावादसँग पराजित भएको हो।
कोलकाताले सिजनको पहिलो तीन खेल जितेको छ। पहिलो खेलमा सनराइजर्स हैदराबाद, दोस्रोमा रोयल च्यालेन्जर्स बैंग्लुरु र तेस्रोमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको हो।