Aamsanchar

एक लाख ३६ हजार पुग्यो सुनको भाउ

Author Image
सोमवार, चैत २६, २०८०

काठमाडौं – स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ६ सयले वृद्धि भएको छ।

आइतबार प्रतितोला रु एक लाख ३५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार दुई सय कायम भएको छ।

तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ। आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार तोलामा रु एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार छ सय ८५ निर्धारण भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर