Aamsanchar

इलामलाई पेनाल्टी सुट आउटमा हराउँदै सुनसरीले जित्यो वक्रकुण्ड गोल्डकपको उपाधी

Author Image
सोमवार, चैत २६, २०८०

हिले-वक्रकुण्ड गोल्डकपकोउपाधि सुनसरीले उचालेको छ । सोमबार भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो ।

निर्धारीत समयमा दुवै तर्फवाट २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा इलामका एक खेलाडीको प्रहार गोल बाहिरिएको उपाधिसँगै सुनसरीले एक लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता इलामले ५० हजार रुपियाँ पायो ।

चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा धनकुटासहित कोशी प्रदेशको मोरङ्, सुनसरी, झापा इलाम, सङ्खुवासभा, तेह्रथुम र मधेश प्रदेशको सप्तरी जिल्लाको सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर