Aamsanchar

आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

Author Image
मङ्गलवार, चैत २७, २०८०

काठमाडौं – उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ।

निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ ।

उपनिर्वाचन हुने इलाम-२ मा २० र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन्।

२०८१ वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख छ।

एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि इलाम-२ माउपचुनाव हुन लागेको हो। यस्तै नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएकाले बझाङ १ (१) मा उपचुनाव हुन लागेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
/>
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर