Aamsanchar

सहिद रत्नकुमार बान्तवाको ४५ औं स्मृति दिवस मनाइयोल

Author Image
मङ्गलवार, चैत २७, २०८०

इलाम-सहिद रत्नकुमार बान्तवाको ४५ औं स्मृति दिवस र ७५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ। मङ्गलबार इलामको ठूलो टुँडीखेलस्थित रत्न चोकमा रहेको सहिद बान्तवाको स्मारकमा माल्यार्पण गरिएको हो।

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बान्तवाको शालिकमा माल्यार्पण गर्नुभएको थियो। यस्तै सिंहवाहिनी मन्दिर नजिक रहेको बान्तवाको समाधिस्थलमा माल्यार्पण गरिएको थियो।

नेकपा (एमाले)इलामले आयोजना गरेको बान्तवाको स्मृति दिवस सभालाई सम्बोधन गर्दै सहिद बान्तवाले देश र जनतालाई स्वतन्त्र गराउन खेलेको भूमिका र योगदानको चर्चा गर्नुभएको थियो।

२००९ साल चैत २७ गते जन्मिएका रत्नकुमारको २०३५ साल चैत २७ गते निरङ्कुश पञ्चायती शासकले देशद्रोहको आरोपमा हत्या गरेका थिए। सहिद रत्नकुमारलाई नेपाल सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो।

तात्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाका समयमा नेपाल र नेपालीलाई स्वतन्त्र गराउन राज्यविरूद्ध गतिविधि गर्दा रत्नकुमारले भूमिगत हुने क्रममा आफ्नै घरमा निर्माण गरेको सुरूङको समेत संरक्षण गरिएको छ। रत्नको जन्म घर चित्रेमा सहिद बान्तवा र कम्युनिस्ट सहिद बमप्रसाद बान्तवाको सम्झनामा स्मारक निर्माण गरिएको छ।

स्मृति दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र)का प्रभास शर्मासहित अन्य कम्युनिस्ट नेता कार्यकर्ताले सहिद बान्तवाको शालिकमा माल्यार्पण गर्नुभएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१