Aamsanchar

एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

Author Image
मङ्गलवार, चैत २७, २०८०

काठमाण्डौ – ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० फर्म्याटमा हुने प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

यही चैत ३० गतेदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ए मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह बी मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

भारतमा एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न आएको नेपाली टोली उतैबाट ओमान पुग्नेछ ।

नेपाली टोलीमा कप्तान पौडैलसँगै, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिज जिसी, विवेक यादव, अबिनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर