Aamsanchar

आज लखनउ र दिल्ली खेल्ने

Author Image
शुक्रवार, चैत ३०, २०८०

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा आज लखनउ सुपर जाइन्टस् र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनउमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

यो सिजनमा तेस्रो स्थानमा रहेको लखनउले अहिलेसम्म चार खेलमा तीन खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । पुछारमा रहेको दिल्लीले अहिलेसम्म पाँच खेल खेलेकोमा एक खेल जित्दा चार खेल हारेको छ ।

यी दुई टोलीबीच अहिलेसम्म तीन खेल भएकोमा सबैमा लखनउ विजयी भएको छ । लखनउ केएल राहुलको कप्तानीमा छ भने दिल्लीका लागि ऋषभ पन्त कप्तान रहेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर