Aamsanchar

नेपाल एसीसी प्रिमियर कपमा आज कतारसँग खेल्दै

Author Image
शनिवार, वैशाख १, २०८१

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ ।

ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४स् १५ बजेदेखि शुरु हुने छ ।

नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो । त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो ।

नेपाल क्रिकेट संघ ९क्यान० ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल ९कप्तान०, आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर