Aamsanchar

चौथो छक्का हानेपछि ६ छक्का हान्छु जस्तो लागेको थियो : दिपेन्द्र

Author Image
शनिवार, वैशाख १, २०८१

काठमाडौँ । एकै ओभरमा ६ छक्का प्रहार गरेका दिपेन्द्र सिंह ऐरी कतारविरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन् ।

२१ बलमा अविजित ६४ रन बनाएका दिपेन्द्रले यस खेलमा २ विकेट समेत लिएका थिए । दिपेन्द्रले चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्ने अनुमान गरेको बताएका छन् ।

दिपेन्द्रले टिम र प्रशिक्षकले आफुलाई सपोर्ट गरिरहेकै कारणले आफुले राम्रो खेलिरहेको बताएका छन् ।

दिपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए ।

टी(२० अन्तर्राष्ट्री क्रिकेटमा यस अघि भारतका युवराज सिंहले इङल्याण्डविरुद्ध २००७ मा र वेस्टइण्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर